Namaste Icon
Ad

काभ्रेको भुम्लुमा विभिन्न पार्टीका ५०० भन्दा बढि नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काभ्रेको भुम्लुमा विभिन्न पार्टीका ५०० भन्दा बढि नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काभ्रे । भुम्लु गाउँपालिकामा नेकपा पार्टी लगायत अन्य पार्टी परित्याग गरि ५०० भन्दा बढि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । नेपाली कांग्रेस भुम्लु गाउँपालिका कार्यसमिति काभ्रेद्वारा आयोजित कार्यालय उद्घाटन एवम् पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन । नव–प्रवेशीहरु लाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई र काभ्रे जिल्ला सभापति मधु आचार्य, काभ्रे १ का संविधान सभा सदस्य एवम् प्रभावशाली विकासप्रेमि युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे ।

उक्त कार्यक्रममा नगरपुमुख महेश खरेल, नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष दावा लामा क्षेत्री, सभापतिहरू, महाअधिवेशन प्रतिनिधिहरू, जिल्ला क्षेत्र स्तरका नेताहरु र नेपाल बिद्यार्थी संघ काभ्रेको जिल्ला अध्यक्ष प्रेमबहादुर तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवप्रसाद हुमागाईंले देशले अब छिटै नयाँ निकाश पाउने र जनताको भावना अनुरुप कंग्रेस लागिरहने प्रतिबद्धता व्यक्त गरे । यसैगरी नेपाली कांग्रेसक प्रतिनिधि सभाको सभापति तथा पूर्व सांसद तिर्थ लामाले कम्युनिष्टको भुलभुलैयामा र लोभ र लालचमा नफस्न सबैलाई आग्रह गरे । देशमा आर्थिक सम्बृद्धिको सपना नेपाली कांग्रेस बाहेक अरू कुनै पार्टीले साकार पार्न नसकने भन्दै लामाले कम्युनिष्ट सरकारले देशलाई धरासायीमा पारेको आरोप लगाएका छन् । तमाम नव–प्रवेशिहरूलाई स्वागत गर्दै सभापतिले नया प्रवेशीकाहरू लाई नयाँ थप उर्जाको स्रोत बन्ने प्रति काभ्रे कांग्रेस ढुक्क भएको स्पष्ट पारे ।

यसैगरी नेपाली कंग्रेसका युवा नेता तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामाले देशलाई सोचेजस्तो र खोजेजस्तो बनाउने काम युवाबाट मात्र सम्भव हुने बताए । उनले सबै युवाहरुलाई राजनीतिक पहुँचमा पुर्याइ पार्टी र देशको बिकास सफल हुने प्रति दुई मत नरहेको उल्लेख गरे । उनले भने, युवाको मागलाई सँधै सम्बोधन गर्ने पार्टी नेपाल कांग्रेस भएको हुनाले अरु कुनै पिन पार्टी तिर झेलिएर नबस्न सबै युवाहरुलाई आव्हान गर्दछु ।’

Ad

सम्बन्धित समाचारहरु

नख्खु खोलामा आकाशे पुल बनाउँदै गोदावरी नगरपालिका

नख्खु खोलामा आकाशे पुल बनाउँदै गोदावरी नगरपालिका

ललितपुर। चापागाउँ कुश्लेचौर हुँदै छम्पी जाने बाटोको बीचमा पर्ने नख्खुखोलामा गोदावरी नगरपालिकाले आकाशे पुल निर्माण गर्ने भएको छ। बिहीबार गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले पुलको शिलान्यास गरेका छन्। नगरपालिकाको आफ्नै खर्चमा सो पुल निर्माण हुन लागेको हो।

बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको गाडी दुर्घटना, बेहुला–बेहुलीसहित १३ घाइते

धनगढी । कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् । चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको भीमदत्त राजमार्ग अन्तरगत सुपप्र ०१००१ नम्बरको विङ्गर बुधबार राति ११ बजेतिर कैलालीको गोदावरी नगरपालिका–४, गाइमारामा दुर्घटना भएको हो ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad