Namaste Icon
Ad

बर्दिवासको स्थिती तनावग्रस्त, हवाई फायरिङ

बर्दिवासको स्थिती तनावग्रस्त, हवाई फायरिङ

काठमाडौं । महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा आगजनी गरेका छन् ।

ड्यूटीमा खटिएका एक प्रहरीका अनुसार स्थानीयले बालिकाको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । उनका अनुसार हाल त्यहाँ तीन÷चार हजारको संख्यामा स्थानीयहरु विरोधमा उत्रिएसँगै उनीहरुको भिड नियन्त्रणका लागि ठुलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ ।

आक्रोशमा रहेका स्थानीयहरुको भीड अनियन्त्रित भएसँगै प्रहरीले हवाई फायरिङ गरेको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ ।

घटना पश्चात स्थानीय र प्रहरी प्रशासनबीच छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएको उनले बताए । ‘बिहान स्थानीय र प्रहरी प्रशासनबीच वार्ताको लागि छलफल भएको थियो । तर छलफल निष्कर्षविहिन बनेको छ ।’ उनले भने, ‘भिड अनियन्त्रित भएपछि हवाई फायरिङको आवाज मैले सुने, अहिले करिब ३ ४ हजारको संख्यामा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् भने भिड नियन्त्रणको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।’

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् । उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो । ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । आरोपित यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको बुझिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

पहिलोपटक मेचीपारिको सीमानाकामा अस्थायी प्रहरी बिट

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् ।

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन

काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस