Namaste Icon
Ad

६ बर्षीया बालिकाको हत्या : स्थानीयद्धारा आरोपीको घरमा आगजनी

६ बर्षीया बालिकाको हत्या : स्थानीयद्धारा आरोपीको घरमा आगजनी

बर्दिवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव भेटिएर हत्या भएको प्रमाणित भए पछि आक्रोसित स्थानीयले आरोपीत व्यक्तिको घरमा ढुंगा मुडा गर्दै आगो लगाएका छन् । प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले राजमार्ग समेत अबरुद्ध गरे पछि प्रहरीले गोली चलाएर प्रदर्शनकारीलाई पछि हटाएको छ ।

यसबाट तीन जना प्रदर्शनकारी घाईते भएका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका छन् । घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्ने बताएको छ ।

Ad

सम्बन्धित समाचारहरु

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन

काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतवार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस