Namaste Icon
Ad

भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आयो, पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ

भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आयो, पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। भीमसेनको मुर्ति (शिला)मा मंगलबार(आज) दिउँसो पसिना आएको दोलखा प्रशासनले जानकारी दिएको छ। पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ। भीमसेनको मुर्तिमा पसिना आएको पूजारीले खबर गरेपछि पूजा गर्न सुरु गरिएको छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए। यसका साथै बाजागाजासहित मन्दिरमा गुठियारहरुले पूजाआजा गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

साथै जिल्ला प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरु भीमसेन मन्दिर पुगी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने तयारी गरेको जनाएको छ । स्थानीय जीवनाथ शिवाकोटीले यसबारे फेसबुकमा लकडाउनले भीमसेनको मन्दिर बन्द गरिएकाले आफू दिउँसो १: ४३ बजे पूजा गर्न जाँदा पसिना आएको देखेको पुजारीले जानकारी दिएको उल्लेख गरेका छन्।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका-२ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

Ad

सम्बन्धित समाचारहरु

टोखाको दिपज्योतीस्थित गेष्ट हाउसमा एक जना मृत फेला

काठमाडौं । टोखा नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ।

Ad

प्रतिक्रिया दिनुहोस