# भर्खरै
Namaste Icon
Ad

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद बहादुरसिंह लामाले पुस्तक सबैको लागि उपयोगी भएको र आफ्नो जिवनमा मेल खाएको बताए । उनले भने, ‘आफूले भोगेको कुरा समेटिएको यो पुस्तक अध्ययन गर्न म सवैलाई अनुरोध गर्दछु ।’

उत्प्रेरक वक्ता तथा पुस्तकका लेखक सन्तोष लामाले आफुले जिन्दगीमा भोगेका कथा ब्यथाहरु समेट्नुका साथै करिव ६ सय वटा पुस्तक अध्ययन गरेर ‘सफलताको व्लुप्रिन्ट’ नामक पुस्तक प्रकाशन गरेको बताए । साथै उनले यस पुस्तक सुरु देखी अन्त्य सम्म श्रृखलाबद्ध अध्ययन गरेपछि सफलता कसरी पाउन सकिन्छ भन्ने शुत्र पत्ता लगाएर सफलताको लागि आफै योजना निर्माण गर्न सकिने पनि बताए ।

Ad

सम्बन्धित समाचारहरु

'खरानिको भागवण्डा'

'खरानिको भागवण्डा'

सानै देखि जे जे सिक्यौ जाल झेल चुक्ली ,त्यही बन्यो कुल वंश नाश गर्ने मुस्ली।उहिले पनि अहंकारी मुसल थियो अरे,त्यही घोटी आँफू आँफै यदुवंशी मरे।।काटाकाट गरे आँफै मरे हौसिएर ,अहंकार बढ्दै गयो मरे रौसिएर ।बोल्ने उस्तै तातो तेलमा पानी छर्के जस्तो,जहाजमा प्वाल पार्ने बुद्धि पनि कस्तो??अघि सर्यौ आफ्नो घरमा आफैं आगो झोस्न,जनतालाइ झुक्याएर आंफ्नै भुँडी पोस्न।कुभिण्डोको गाँस अलिक् ठूलो भाको हो कि?बोकावाट दाँइ हुँन नसक्ने पो थ्यो कि ??किन च्यात्यौ इतिहाँसको यो सुनौलो पात ?झर्याम् झुरुम् फुटाइ हाल्ने अलच्छिनी हात।घर आगो लगाएर खरानिको रास ,दुनियाँको सपनालाइ पार्यौ एकै गाँस ।।कोहि भाइ आगो लाउँने कोहि घिउ थप्ने,तरमार्न पल्किएका घात हेरि बस्ने ।कहाँ गयो ईतिहास कहाँ गयो झण्डा ?घर पोलि खरानिको गर्यौ भागवण्डा ।।

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक मानिने पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ । उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस