Namaste Icon
Ad

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि काठमाडौंमा शुरू !

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि काठमाडौंमा शुरू !

काठमाडौं । निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरू हुँदैछ। ​ साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ।

उद्घाटन सत्रमा प्रधामन्त्रीलगायत केही मन्त्रीहरुको समेत उपस्थिति रहने भएको छ। साथै भारतीय राजदूत, फेन्च राजदूत, आइएलओको प्रमुख, ब्रिटिस काउन्सिलका प्रमुख र चिनियाँ राजदूतावासका एक प्रतिनिधीसमेत उपस्थित हुने कार्यक्रम तय भएको महासंघले जनाएको छ। यसैगरी उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन्।

महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

यसैगरी, मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने छ। १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवार आ–आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्। साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्।

 

Ad

सम्बन्धित समाचारहरु

डिजेल र पेट्रोलको मूल्य बढ्यो

डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस