Namaste Icon
Ad

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

मकवानपुर । जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ। १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो ।

उनी आठ महिनाअघि पक्राउ परेका थिए। छोरीलाई बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि ३० चैतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

मकवानपुरकै ती पुरुषले आफ्नी पत्नीले आत्महत्या गरेपछि छोरीलाई बलात्कार गर्न थालेका अनुसन्धानबाट खुलेको छ। उनले चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका थिए। नयाँ मुलुकी संहिता अनुसार जबर्जस्ती करणीमा १२ वर्ष र हाडनाता करणीमा २५ वर्ष गरी उनलाई ३७ वर्ष कैद सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

टोखाको दिपज्योतीस्थित गेष्ट हाउसमा एक जना मृत फेला

काठमाडौं । टोखा नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ।

Ad

प्रतिक्रिया दिनुहोस