Namaste Icon
Ad

फिटनेस प्रशिक्षकसँग डेटमा इरा खान !

फिटनेस प्रशिक्षकसँग डेटमा इरा खान !

बलिउडका सुपरस्टार अभिनेता आमिर खानकी छोरी इरा खान सामाजिक सञ्जालमा एकदमै सक्रिय छन्। उनले आफ्ना हरेक कुराहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै आइरहेकी छन्। इराको प्रेमी मिशाल कृपलानीसँग ब्रेकअपको समाचार केही समय अगाडि सञ्चारमाध्यममा आएको थियो। ब्रेकअपको खबर सेलाउन नपाउँदै उनी फेरि प्रेममा रहेको खबर सार्वजनिक भएको छ।

टाइम्स् अफ इन्डियाले उनी आफ्ना फिटनेस प्रशिक्षक नूपुर शिखरेसँग डेटमा रहेको बताएको छ। खबरअनुसार दुवै लकडाउनको समयमा नजिकिएका हुन्। त्यस्तै इराले नूपुरसँग महाबलेश्वरमा रहेको आमिरको फार्महाउसमा पुगेर छुट्टी समेत मनाएकी छन्। उनले आमा रिनासँग नपुरको भेट समेत गराइसकेको खबरमा उल्लेख छ।

इरा मिशाल कृपलानीसँग दुई वर्षदेखि सम्बनधमा थिइन्। जब इराले आफ्नो ध्यान करिअरतर्फ केन्द्रित गर्न थालिन तब उनीहरुबीच सम्बन्धमा खटपट सुरु भयो र केही समय अगाडि दुवैले अलग हुने फैसला समेत गरेका थिए। यसका अलवा इराले केही समय अगाडि आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। उनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू लामाे समयदेखि डिप्रेसनमा रहेको बताएकी हुन्। उनले आफूले चार वर्षदेखि डाक्टरलाई देखाइरहेको र पछिल्लो समय राम्रो हुँदै गइरहेको बताएकी थिइन्।

Ad

सम्बन्धित समाचारहरु

विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री मौनी रोय

विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री मौनी रोय

काठमाडौं । बलिउड अभिनेत्री मौनी रोय अब छिटै नै विवाह बन्धनमा बाधिँने भएकी छन् । उनी दुबई निबासी सुरज नान्वियारसँग विवाह बन्धनमा बाधिँन लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनिहरु पछिल्लो केही समयदेखि एकअर्कासंग प्रेम सम्बन्धमा रहेका थिए । मौनी रोयले केही दिनयता आफ्नो प्रेम सम्बन्ध खुलासा गर्दै सुरज र उनको परिवार संगको तस्वीरसमेत सार्वजनिक गरेकी हुन् ।

'खै अब त के विवाह गरिएला र !...'

'खै अब त के विवाह गरिएला र !...'

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’ यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस