Namaste Icon
Ad

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।

त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।

यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । - रासस

Ad

सम्बन्धित समाचारहरु

टोखाको दिपज्योतीस्थित गेष्ट हाउसमा एक जना मृत फेला

काठमाडौं । टोखा नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ।

Ad

प्रतिक्रिया दिनुहोस