Namaste Icon
Ad

नेकपा केन्द्रमा देखिएको पार्टी फुटपरस्त गतिबिधि बन्द गर्न नेता भट्टराईको चेतावनी

नेकपा केन्द्रमा देखिएको पार्टी फुटपरस्त गतिबिधि बन्द गर्न नेता भट्टराईको चेतावनी
नेकपा प्रदेश १ का कार्यालय सचिव तथा ईटहरी सह–ईन्चार्ज चिरिन्जीबी भट्टराई

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ईटहरी उपमहानगर १ वडा कमिटि सचिवालयको बैठकले कमिटिले सामुहिक रूपमा दिएको राजीनामा फिर्ता गर्ने निर्णय गरेको छ । दलबहादुर समालमगरको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटि सदस्य तथा ईटहरी ईन्चार्ज केशव बिष्ट, प्रदेश कमिटि सदस्य तथा ईटहरी सह–ईन्चार्ज चिरञ्जीवी भट्टराई, नगर कमिटी अध्यक्ष बहादुर तामाङ, नगर कमिटी सचिव काशीनाथ दङ्गाल, नगर कमिटी सदस्य क्रमश बिनोद झा, शंकर पुरि, १ न वडा इन्चार्ज टीका बन लगायतको उपस्थिति रहेको थियो ।

बैठकले वडा न १ कमिटिले सामुहिक रूपमा दिएको राजीनामा फिर्ता गर्ने, वडाका मागलाई क्रमश सम्बोधन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने जस्ता ऐतिहासीक महत्वका निर्णयहरू गरेको छ ।

बैठकमा बैल्दै नेकपा प्रदेश १ का कार्यालय सचिव तथा ईटहरी सह–ईन्चार्ज चिरिन्जीबी भट्टराईले संगठनलाई एक ढिक्का भएर तिब्र गतिमा अघि बढाउन निर्देशन गरे । उनले केन्द्रमा देखिएको पार्टी फुटपरस्त गतिबिधिहरूलाई तत्काल बन्द गर्न नेताहरूलाई चेतावनी समेत दिए । पार्टी बिधि र पद्धतीमा सबै नेता चल्नु पर्छ भन्दै युवा नेता भट्टराईले पार्टी कमिटि भन्दामाथी कोहि नरहेको बताए ।

Ad

सम्बन्धित समाचारहरु

पहिलोपटक मेचीपारिको सीमानाकामा अस्थायी प्रहरी बिट

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् ।

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन

काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस