एकतारे सबिन र सरोज परियारको शब्द रहेको 'स र र र' मा आँचल र मुकुन (भिडिओ)

काठमाडौं । मेलिना राई र राजेश घिमिरेको 'स र र र' बोलको गीत सार्वजनिक भएको छ। नायिका आँचल शर्मा र मुकुन भुसालले अभिनय गरेको गीतको भिडिओ शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । एकतारे सबिन र सरोज परियारको शब्द रहेको गीतमा गायक घिमिरेकै संगीत सुन्न सकिन्छ। गीतको भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन्। नेपाली लोकलयमा आधारित गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ।
दुईको प्रेमीको प्रेमभाव उतारिएको यो गीतको भिडिओलाई पनि रमाइलो शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। हरि हुमागाईं र हरिश सिंहको छायांकनमा बनेको म्युजिक भिडिओमा अनिता ग्वाचाको मेकअफ, प्रविण श्रेष्ठको सम्पादन रहेकाे छ ।
काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’ यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युमा नाम जोडिएपछि नायिका रिया चक्रवर्ती लागुऔषध मुद्दामा लगभग एक महिना जेलमा बस्नु परेको थियो । यद्यपि, पछि उनलाई जमानतमा रिहा गरिएको थियो । त्यतिबेला रिया चक्रवर्तीको समर्थनमा थुप्रै बलिउड सेलिब्रिटी आएका थिए । अब एक पटक पुनः आलिया भट्टकी आमा तथा महेश भट्टकी श्रीमती सोनी राजदान रिया चक्रवर्तीको समर्थनमा उत्रिएकी छिन् ।