Namaste Icon
Ad

'सपनाको मलाम जान नपरोस' : सांसद शान्ता चौधरी

'सपनाको मलाम जान नपरोस' : सांसद शान्ता चौधरी

काठमाडौँ। सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ३ गते कार्यकारी अध्यक्षले पेस गरेको राजनीतिक आरोप सहितको प्रस्तावको जवाफी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेकोले यस बैठकलाई बडो महत्त्वका साथ हेरिएको छ।

यसैबीच नेकपाकी सांसद शान्ता चौधरीले बैठकले सबै कार्यकर्ताको चिन्तालाई समाप्त पारेर उर्जा दिनसक्ने र आम नेपाली जनताको मुहारमा खुसीको दियो बाल्न सक्ने निर्णय गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्फेकी छिन। फेसबुकमा पोस्ट लेख्दै सांसद चौधरीले भनेकी छिन ,'सपनाको मृत्यु नहोस, मालाम जान नपरोस,सुनौलो बिहानीलाई अंगालेर स्वागत गर्न मन छ।'

Ad

सम्बन्धित समाचारहरु

प्रचण्ड–नेपाल पक्षले ओलीलाई सोधेको स्पष्टीकरण पत्र बालुवाटारमा

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस