संगीतकर्मी संघ ललितपुरको अध्यक्षमा सुवास महत

ललितपुर। गीत संगीतको क्षेत्रमा कम गर्दै आएको राष्ट्रिय संगीतकर्मी संघको ललितपुर जिल्ला शाखाले आफ्नो चौथो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। शनिबार बालाकुमारीमा सम्पन्न अधिवेशनले सुवास महतको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ।
चयन भएका संघका अन्य पदाधिकारीहरुमा वर्षा सिलवाल वरिष्ठ उपाध्यक्ष,पूर्ण थापा प्रथम उपाध्यक्ष, महिला उपाध्यक्षमा सविना दाहाल,उपाध्यक्षमा मनराम केसी र सुमित्रा श्रेष्ठ (रोजी),सचिवमा सुवास बजगाईं,सहसचिवमा सुजाता केसी र सरोज लामा,कोषाध्यक्षमा रञ्जित संजेल, सह -कोषाध्यक्षमा सम्झना खड्का धिमिरे रहेका छन्। यसैगरी अन्य कार्यसमिति सदस्यहरुमा रामसुन्दर कार्की , समिर तिमल्सिना, श्यामसुन्दर तिमल्सिना,सुमन दुलाल , सुन्तली खड्का,रञ्जन पौडेल,डिना कोईराला,विवेक खड्का 'मुस्कान ',सम्राट रेग्मी,अनिल जिसी 'बुलेट',सुशीला दुलाल 'श्रेया' र आरके गाम्बा रहेका छन्। यसैगरी गोमा पाण्डे प्रवक्तामा चयन भएकी छिन।
काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’ यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युमा नाम जोडिएपछि नायिका रिया चक्रवर्ती लागुऔषध मुद्दामा लगभग एक महिना जेलमा बस्नु परेको थियो । यद्यपि, पछि उनलाई जमानतमा रिहा गरिएको थियो । त्यतिबेला रिया चक्रवर्तीको समर्थनमा थुप्रै बलिउड सेलिब्रिटी आएका थिए । अब एक पटक पुनः आलिया भट्टकी आमा तथा महेश भट्टकी श्रीमती सोनी राजदान रिया चक्रवर्तीको समर्थनमा उत्रिएकी छिन् ।