Namaste Icon
Ad

नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठलाई खुल्ला पत्र !

नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठलाई खुल्ला पत्र !
मणिराज सत्याल

जाँदा जाँदै,
प्रसंग :- आन्दोलन दबाउन जुनसुकै कदम चाल्छौं :- नारायण काजी श्रेष्ठ !

आन्दोलन भनेको के हो ? कहाँ आन्दोलन भएको छ र ? कसले टायार बाल्यो ? कुन फुटपाथको रेलिङ भाँचियो ! कतिजना मानिस मरे ? कोसंग कति चन्दा मागियो ? प्रवक्ता ज्यु एकजना मानिस को एकथोपा रगत नचुहि राजसंस्था पुनस्थापना हुने निस्चित छ । आज जतिपनि काठमाडौं लगायत सहरमा स्वतस्फुर्त जनता जागेर राजसंस्था को नारा लागिरहेको छ । यो जनता लाई भट्काउने दबाउने, तर्साउने काम भयो भने अनिमात्रै हुन्छन जनता आन्दोलित र को कहाँ बाट आएको हो । कसले कसलाई परिचालित गरेको छ ऐना जस्तै देखिनेछ । बाह्रबुँदेको आडमा दिल्लिको दलाली गरेर भित्रीएको लुटतन्त्र लाई गणतन्त्र भन्नेहरु, सुरुङ युद्व गर्छु भन्नेहरु आज देशकोसिमाना मिचिँदा एकशब्द बोल्न नसक्ने महाकाली कालापानी भारत लाई सुम्पिने हरु सुन :- नेपालको गौरव हो राजसंस्था । नेपाल को जग हो राजसंस्था । नेपाल र नेपाली को धरोहर हो हिजोको नारायण हिटि । आजको निर्मल निवास । यसका समर्थक माहुरी हुन । अरिंगाल होइनन, निर्मल निवास ले चाहेको भए तिम्रा चुनावी नाटक मञ्चन हुन पाउँदैन थियो । राजाले सदैव सबै नेपाली को हित चाहेका छन । नेपाल बिदेशिको खेलमैदान नहोस यहि उनको चिन्ता हो ।

राजा संधै राजा हो, त्यसैले उनि जहाँ जान्छन फुलको गुच्छा नै पाउँछन । न बाबुरामले जस्तो गणतन्त्र आएको चारबर्षमै जुत्ता खानुपरेको छ न प्रचण्ड ले जस्तो आफ्नै कार्यकर्ता को हातमा खुकुरी टल्केको देख्नुपरेको छ, समय बलबान छ । राजसंस्थाले शसत्र युद्व गर्दैन शास्त्रीय मन्त्र लाई अंगिकार गरेको छ । यहि माध्यम र मार्ग अपनाएर राजसंस्था फर्किन्छ । किनकि राजसंस्था धर्म अधिकारी जनता प्रति बिश्वास र गौरव गर्छ ! नेपाल र नेपाली को सुखि घरवार नै शाहवंशको बलियो दरबार हो । पशुपति नाथको ढोका खोल्न राजसंस्था लागिपरेको छ । नेपाली मात्रको शिर हो पशुपति नाथ ! सम्पुर्ण ॐ कार परिवार को आस्था हो ! यसका पुजारि हो शाह वशिय राजसंस्था ! यहि सर्वस्विकार्य सत्य हो ! यहि सनातन हो ! यहि सम्पुर्ण नेपाल हो !
जय मुलुक , जय राज मुकुट !

- मणिराज सत्याल को फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

कोरोना भाइरसविरुद्धको खोपको सामान्य गणित र नेपालको अवस्था - डा. रवीन्द्र पाण्डे

अहिले खोप नलगाउने बालबालिका - २८ % खोप आबश्यक खोप लगाउनुपर्ने जनसंख्या - ७२ %कोभ्याक्स / गाभी लगायतबाट २०२१ सम्म आउने - २० %सरकारले किन्नुपर्ने जनसंख्या प्रतिशत - ५२ % खोप किन्नुपर्ने जनसंख्या - १ करोड ५० लाख एकजनालाई चाहिने - २ डोज किन्नुपर्ने टोटल डोज - ३ करोड टुटफुट तथा नोक्सान हुनसक्ने १० % - ३० लाख डोज किन्नुपर्ने कुल डोज - ३ करोड ३० लाख एउटा डोजको सरदर मुल्य न्युनतम - ५ डलर एकजनाको दुई डोजको लागि न्युनतम - १० डलर कुल रकम - ३ करोड ३० लाख डलर - ३९ अरब ६० लाख ( ने रु )भण्डारण / परिवहन तथा अन्य खर्च - १० % - ४ अरब ....नेपालले खोपमा लगानी गरेको छैन, एकैपटक किन्न सक्दैन | तसर्थ प्रधानमन्त्री स्तरबाट चीनसँग वा भारतसंग सिधा छलफल गरेर कति % निशुल्क तथा कति % सहुलियतमा पाइन्छ, यथाशिघ्र त्यसको ग्यारेन्टी गर्नुपर्दछ | .त्यस्तै निम्न आय भएका आम नागरिकलाई निशुल्क खोप सरकारले दिने तथा खोप किन्न सक्ने २५ % जनसंख्याको लागि निजि क्षेत्रबाट गुणस्तरीय खोप ल्याएर ( कम्पनी तथा दर सरकारले तोकेर ) यो खर्चलाई घटाउन सकिन्छ |. एकपटक संक्रमण भएका व्यक्तिलाई सरकारले एन्टिबोडी टेस्ट गरेर उक्त जनसख्यालाई त्यहि अनुसारको प्राथमिकतामा राख्न सकिन्छ | त्यसको लागि आम जनताको एन्टिबोडी टेस्ट गर्यो भने न्युनतम १० % लाई आबश्यक चरणमा खोप दिन सकिन्छ | वैज्ञानिकहरुको मत छ, न्याचुरल एन्टिबोडी सबैभन्दा उत्तम बिकल्प हो | खोप नयाँ भएको, बालबालिकामा पर्याप्त अनुसन्धान नभएको तथा खोपले गर्ने साइड इफेक्टको पर्याप्त अध्ययन नभएको हुँदा बालबालिकालाई अहिले खोप नदिने निर्णय भएको हो |.बिकसित देशमा खोप पहिले स्वास्थ्यकर्मी तथा नेताहरुले लगाउनु पर्ने, त्यसको असर र प्रति असर हेरेर मात्र हामीले लगाउँछौ भन्ने ठूलो संख्याको धारणा छ | कतिपय समुदायले हामीले १-२ बर्षपछि मात्र लगाउँछौ भन्ने पनि छन् | त्यस्तै कन्स्पिरेसी थ्योरीमा विश्वास गर्ने जमातले खोपमा 5G चिप्स राख्छ, चाहेको बेला ती व्यक्तिलाई अन्य महामारी फैलाउन सक्छ , तसर्थ हामीले खोप लगाउदैनौं भन्ने पनि छ |.खोप कुटनीति, खोप राजनीति तथा खोपमा भ्रष्ट्राचारको ठूलो पाटो छ | खोपले कुन, कुन उमेर र अवस्थाका व्यक्तिलाई राम्रो काम गर्छ ? कसलाई न्यून काम गर्छ? कति समय काम गर्छ ?, म्युटेसन भएमा त्यो कोरोना भाइरसलाई काम गर्छ कि गर्दैन ? धेरै प्रश्नको जवाफ आउन धेरै समय लाग्नेछ |.यति हुँदाहुँदै पनि महामारीबाट बच्नको लागि खोपको बिकल्प छैन | हर्ड इम्युनिटीको बाटो धेरै जोखिमयुक्त छ | तसर्थ नेपालले खोप ल्याउनको लागि ठूलो पहल गर्नु जरुरी छ | स्वास्थ्य मन्त्रालयले पत्र लेख्दैमा वा परराष्ट्र मन्त्रालयले कुटनैतिक नोट पठाउँदैमा खोप आउंदैन |

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

जाँदा जाँदै,आदरणीय कमल थापा ज्यु लाई बिनम्र अनुरोध

Ad

प्रतिक्रिया दिनुहोस