# भर्खरै
Namaste Icon
Ad

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक मानिने पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ । उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब १०० वटा देश घुमिसकेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गरेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेटेका छन् । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुग्नु भएका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उनको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री बनेको छ । उनको पुस्तकमा नेपाली राजनीतिलाई चिरफार गरिएको छ । विदेशका अभ्यासहरु पनि पुस्तकमा रोचक ढंगले समेटिएका छन् ।

‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले एक रोचक सन्दर्भमा उल्लेख गरेका छन् ।

किताबमा कूटनीतिक सन्दर्भहरु पनि बारम्बार आउँछन् । सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि लेखक श्रेष्ठले दिएका छन् । ‘तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ’ एक सन्दर्भमा लेखक श्रेष्ठ उल्लेख गरेका छन् ।

‘दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यौं, न त स्विजरल्यान्ड जस्तो’ अर्को सन्दर्भमा उनले तिखो टिप्पणी गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

'खरानिको भागवण्डा'

'खरानिको भागवण्डा'

सानै देखि जे जे सिक्यौ जाल झेल चुक्ली ,त्यही बन्यो कुल वंश नाश गर्ने मुस्ली।उहिले पनि अहंकारी मुसल थियो अरे,त्यही घोटी आँफू आँफै यदुवंशी मरे।।काटाकाट गरे आँफै मरे हौसिएर ,अहंकार बढ्दै गयो मरे रौसिएर ।बोल्ने उस्तै तातो तेलमा पानी छर्के जस्तो,जहाजमा प्वाल पार्ने बुद्धि पनि कस्तो??अघि सर्यौ आफ्नो घरमा आफैं आगो झोस्न,जनतालाइ झुक्याएर आंफ्नै भुँडी पोस्न।कुभिण्डोको गाँस अलिक् ठूलो भाको हो कि?बोकावाट दाँइ हुँन नसक्ने पो थ्यो कि ??किन च्यात्यौ इतिहाँसको यो सुनौलो पात ?झर्याम् झुरुम् फुटाइ हाल्ने अलच्छिनी हात।घर आगो लगाएर खरानिको रास ,दुनियाँको सपनालाइ पार्यौ एकै गाँस ।।कोहि भाइ आगो लाउँने कोहि घिउ थप्ने,तरमार्न पल्किएका घात हेरि बस्ने ।कहाँ गयो ईतिहास कहाँ गयो झण्डा ?घर पोलि खरानिको गर्यौ भागवण्डा ।।

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस