प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।
काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।