# भर्खरै
Namaste Icon
Ad
Ad

गर्ल्स होस्टलमा चितुवा छिरेपछि....

गर्ल्स होस्टलमा चितुवा छिरेपछि....

काठमाडौं । सोमबार बिहानै भारतको गुहावटीस्थित गर्ल्स होस्टलमा चितुवा छिरेपछि त्रासको अवस्था सिर्जना भएको छ । होस्टलको मालिक बस्ने सबैभन्दा तल्लो तलामा चितुवा देखिएको आसाम राज्यको गुहावटी प्रहरीले बताएका छन्।

होस्टल संचालक मौसुमी बोराका अनुसार चितुवा सोफामा फसेको थियो। चितुवा सोफामा अड्किएको थियो र निस्किने प्रयास गरिरहेको थियो । जब उनले लुगा निकाल्न खोजे उसले झन्डै चितुवाको पुच्छर समाते।

चितुवा देखेपछि त्रसित बनेका उनले हतार हतार कोठा बन्द गरेका थिए। बिहान त्यसबेला होस्टलमा १५ जना महिलाहरु थिए। उनीहरुले चितुवाको आक्रमणबाट बच्न ढोका बन्द गरेर कोठा भित्रै बसे।

केही बेरमै मौसुमीले नजिकैको वन अधिकारीहरलाई खबर गरे। वन अधिकारीहरुलाई उक्त चितुवा नियन्त्रणमा लिन झन्डै ३ घण्टा लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

अधिकारीहरुका अनुसार बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको छ। होस खुल्ना साथ यसलाई जंगलमा पुनः छाडिनेछ। आफूहरु ठूलो दुर्घटनाबाट बच्न सफल भएको होस्टल संचालक मौसुमी बताउँछन्।

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस