श्रीलङ्काको जेलमा दङ्गा हुँदा ८ को ज्यान गयो, ४५ जना घाइते

काठमाडौं । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परि आठ जनाको ज्यान गएको छ । यस दङ्गामा ज्यान गुमाएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परि अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् ।
कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा, सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोमा रहेको वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।
श्रीलङ्काको जेलहरूमा अहिलेसम्म झण्डै एक हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कारागारमा रहेका बन्दीहरूले सुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन् ।
यस दङ्गामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताएका छन् । कारागारमा सुरक्षा बढाउन विशेष तालिम प्राप्त कमाण्डोहरूको टोली झिकाइएको पनि उनले बताए ।
श्रीलङ्कामा कोरोना सुरु भएयता २३ हजार चार सयभन्दा बढीमा कोभिड–१९ को सङ्क्रमण देखिएको र सङ्क्रमणका कारण एक सय १६ जनाको ज्यान गइसकेको छ ।
काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतको सरकारले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। उक्त अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्दैछन् ।
वासिङ्टन। संयुक्त राज्य अमेरिकामा नयाँ कार्यकालका लागि निर्वाचित राष्ट्रपति जोइ बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण नजिकिंदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।