Namaste Icon
Ad

नेपाल टेलिकमको फोरजी चलाउन यसरि गर्नुस मोबाइल सेट सेटिङ

नेपाल टेलिकमको फोरजी चलाउन यसरि गर्नुस मोबाइल सेट सेटिङ

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ । यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटको कारणले पनि गुणस्तरमा फरक पर्ने हुनाले ग्राहकहरुमा फोरजी मोबाइल सेटको प्रयोगबारे टेलिकमले जानकारी दिएको हो ।


हाल कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ । यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।


नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज व्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज व्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ । दुवै व्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।


यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । साथै मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सन भित्र 2G Only/3G Only/3G-2G (Auto Connect)/LTE-3G-2G (Auto Connect) जस्ता विकल्पहरुमध्ये LTE-3G-2G (Auto Connect) Option छनौट गर्नु उपयुक्त हुन्छ ।

यसका अतिरिक्त, नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताहरुले नयाँ मोबाइल सेट खरिद गर्नु अघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज व्याण्डका बारेमा जानकारी राखी दुवै व्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्नुहुन तथा प्रविधिको विकासले ल्याएका अवसरहरुको उचित प्रयोग गर्न अनुरोध गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

ओपो ए१२ ३जीबीकाे मूल्य घट्याे, अब कति ?

ओपो ए१२ ३जीबीकाे मूल्य घट्याे, अब कति ?

काठमाडाैं । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५ सय ९०मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजि सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’ वितरण गरिरहेको छ । यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला CUG सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सियुजि सेवा उपयोग गर्न सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस