Namaste Icon
Ad

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न प्रधानकाे चूनौति

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न प्रधानकाे चूनौति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताएका छन् । उनले भने, ‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानु पनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् । नेपालले आफ्नो हितमा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनैपनि किससमको शंका/उपशंका गर्न नहुने जोड दिए ।


नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिए । उनले भने,‘पार्टी अध्यक्षलाई निर्वाध रुपमा चलाउन दिनुपर्छ । अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्ष पछि हुने हो । हुन त यो सरकारले केही पनि गरेको छैन् । देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि । तर, खोई कहाँ उनीहरुको हित भएको छ ? दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरु कसरी बाँच्छ ? सरकराले हेर्नुपर्दैन् ? यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन् ।’


उनले आफ्नो पार्टीभित्र पनि विवाद भएको सुनाए । यद्धपी आफ्नो पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको सुनाए । उनले भने,‘हाम्रो लडाईँ त ईस्युमा हो । केपी ओलीले युवाहरुलाई नेतृत्व दिने भनेका छन् । मैले पनि युवा साथीहरुलाई नेतृत्व लिन तयार हुनुपर्छ भन्दै आएको छु, हाम्रै पार्टी युवा नेताहरुलाई लड्न भनेको छु । युवाहरुले आँट गरेका छैन् । म त बीचमा छु । ७० पुगेको छैन, ६० वर्ष नाघिसकें । अर्को कुरा सभापति उठ्न क्रेज पनि चाहियो नि ।’


प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् । उनले भने,‘ यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’

 

Ad

सम्बन्धित समाचारहरु

प्रचण्ड–नेपाल पक्षले ओलीलाई सोधेको स्पष्टीकरण पत्र बालुवाटारमा

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस