कमल थापा ज्यु लाई बिनम्र अनुरोध

जाँदा जाँदै,
आदरणीय कमल थापा ज्यु लाई बिनम्र अनुरोध
हेटौंडामा राजावादीले कमल थापा मुर्दावाद भन्दा तपाईं लाई जति नरमाईलो लागिरहेको छ । त्यो भन्दा बढि हामीलाई तपाईंले लंगडो हिन्दु राष्ट्र जिन्दावाद भन्दा लाग्छ । किनकि बिना संरक्षक (नेपालको गौरब राजसंस्था) नेपाल कसरी सुरक्षित हुन्छ र ? ०६२÷६३ पछि ६०१ जनामा राजाको नाम लिने तपाईं एक्लो हुनुहुन्थ्यो तर तपाईं को उचाइ गौरव गर्न लायक थियो ।
देशभक्त र राजभक्त तपाईं एक्लै हुनुहुन्थ्यो । नागरिक बिधेयक देखि प्रसस्तै बिधेयकमा तपाईंले देशलाई बचाउन गुन लगाउनु भएको थियो तर जब प्रचण्डको सरकारमा तपाईंले बिश्वको उत्कृष्ट संबिधान २०७२ भन्दै उप–प्रधानमन्त्री भएर पाईला अगाडी बढाउनु भयो, प्रायः सबै राष्टभक्त र राजभक्तको मन कुँडियो ।
किन त्यसो गर्नुभयो ? बाह्रबुँदेका खेतालाले नेपाललाई उपनिवेश को संघारमा पुर्याउन नपाउन । कतिपय निर्णयमा औंला ठड्याउन त्यो कदम बाध्यतात्मक थियो होला तर त्यसपछि पनि निर्मल निवासले मेरो सांसद लुकायो कसरी कुन आधारमा भन्नुभयो ? गम्भिर गल्ति भए तपाई बाट, तर अब फेरि गल्ति नगर्नुस । चन्द्र सुर्य झण्डा समाउनुस । राजसंस्थालाई पुनःस्थापना मिलेर गरौं । जब राजसंस्था फर्किन्छ । आफ्नो झन्डा चुनाब चिन्ह आफै रोज्नुस । आफ्नो ठाउँ आफै रोज्नुस ।
जय मुलुक , जय राज मुकुट ।
मणिराज सत्याल
निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।
डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।