सेतो चिनी जडिबुटी

पाटनबाट टिपेर ल्याएको सेतो चिनी जडिबुटी सङ्कलन गर्दै जुम्लाका स्थानीय । यो वर्ष कोभिड–१९ कारणले बजार बन्द भएपछि जडिबुटी बिक्री नभएको स्थानीय व्यापारी पद्म महाताराले बताए । तस्वीर : विजय रावत/रासस
काठमाडौं । काठमाडौं उपत्यकामा फोटोग्राफी गर्दै आएका फोटोग्राफरहरू को संस्था काठमाडौं फोटोग्राफर संघ (केपिए) को १२औं बार्षीक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाको बरिष्ठ फोटोग्राफर तथा फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले उद्घाटन गरे । सो क्रममा बोल्दै अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बस्नेतले फोटोग्राफी क्षेत्रमा नयाँ बजारको खोजि हुनुपर्नेमा जोड दिए । उनले भने, ‘उहिं पुरानो शैलीले अब फोटोग्रफर बाँच्न समेत गाह्रो हुने अवस्था सृजना भएको छ यसको लागि संघ संस्था तथा आम सरोकारवाला मिलेर नयाँ बजार खाजौं ।’ आर्थिक आर्जनको लागि फोटोग्राफी उपयूक्त पेशा होईन भनेर भन्नु गलत भएको भन्दै उनले आफू के मा पछाडी छु भनेर समस्या पत्ता लगाउन र समयमै आफ्नो कलाको बजार आफैले खोज्नु पर्ने बताए ।
लालझाडी गाउँपालिकाका महिला खेतमा काटिएको उखुका पात गाईगोरुलाई खुवाउनका लागि लग्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस