# भर्खरै
Namaste Icon
Ad

भानुभक्तले मनायो ४६औं वार्षिकोत्सव

भानुभक्तले मनायो ४६औं वार्षिकोत्सव

माधव खनाल, प्युठान। जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरम्पानीमा रहेको भानुभक्त माध्यमिक बिधालयले आफ्नो ४६औं वार्षिक उत्सव तथा १३ औं अभिभावक भेला सोमबार सम्पन्न गरेको छ । वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले शिक्षक ,अभिभावक ,बिद्यार्थी र शैक्षिक वर्गको आपसी समन्वय भएमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने कुरामा जोड दिएका छन् ।

यस्तै कार्यक्रमको अवसर पारी विद्यालयमा २०७६को वार्षिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थी र नियमित उपस्थित हुने विद्यार्थी लाई पुरस्कार बितरण समेत गरिएको थियो । कार्यक्रममा बिधालयका प्रधानध्यापक चक्रपाणी पौडेलले बिधालयको प्रगति प्रतिबेदन र सामाजिक परिक्षण समिति सदस्य शिक्षक नोमराज पौडेलले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।वार्षिक उत्सव कार्यक्रममा बिधालयका प्रधानध्यापक तथा शैक्षिक व्याक्तित्व चक्रपाणी पौडेल र सामाजिक ब्याक्तित्व पदमप्रसाद पौडेल द्वारा आफ्ना स्वर्गीय आमाबुबाको सम्झनामा स्थापना गरिएको अक्षय कोषमा थप दस हजार प्रदान गरेका थिए भने सोही बिधालयका पुर्व शिक्षक तथा शैक्षिक व्याक्तित्व डिलाराम पौडेलले आफ्ना स्वर्गीय सुपुत्र कमल पौडेलको सम्झनामा शिक्षक गिरिराज जैसी मार्फत रु ५११५१ को अक्षय कोष स्थापनाको रकम हस्तान्तरण गरेका थिए।

यस्तै समाजसेवी राजनैतिक तथा कानुनविद बोदिप्रसाद पोख्रेलले आफ्नी श्रीमति स्वर्गीय कमला पोख्रेल र यसै बिधालयका पुर्व ब्यबस्थापन समितिका अध्यक्ष स्वर्गीय केसरबहादुर अधिकारी को सम्झना उहाँकि श्रीमती हिरादेवी अधिकारि र देवकला भुसालको छोरी स्वर्गीय पुर्णिामा भुसालको स्मृतिमा शैक्षिक उत्प्रेरेणा कोषको समेत स्थापना गरिएको छ ।

कार्यक्रममा मल्लरानी गाउँपालिका शिक्षाप्रमुख बासुदेव पण्डित बिधालयका सामाजिक परिक्षण समिती सदस्य डिलाराम पौडेल र सम्पूर्ण राजनैतिक दलको तर्फबाट ने क पा का नोमराज पौडेलले मन्तव्य राखेका थिए ।वार्षिक उत्सव कार्यक्रम बिधालयका बिधालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य गिरिराज पौडेलको अध्यक्षता ब्यबस्थापन समितिकी सदस्य सरिता पोख्रेलको स्वागत र शिक्षक धनबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस