Namaste Icon
Ad

नेपाल टेलिकमले ल्यायो एफटीटीएच–जाडोमा न्यानो अफर

नेपाल टेलिकमले ल्यायो एफटीटीएच–जाडोमा न्यानो अफर

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर हिजो (२०७७ पुस १) देखि कार्यान्वयनमा आइसकेको छ । एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक CPE र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बर Customer Contact Number मा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी/थ्रीजी/फोरजी सबै नेटवर्कमा, २४सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ । एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा रु. १० हजारभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल रु. १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएच सेवामा उपलब्ध सबै प्याकेजहरु र सोको मूल्य सम्बन्धी विवरण नेपाल टेलिकमको वेबसाइटमा रहेको लिंक https://ntc.net.np/tariff/ftth-tariff  मा उपलब्ध गरिएको छ । एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको छ । निकट भविष्यमा कम्पनीले आइपीटिभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

ओपो ए१२ ३जीबीकाे मूल्य घट्याे, अब कति ?

ओपो ए१२ ३जीबीकाे मूल्य घट्याे, अब कति ?

काठमाडाैं । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५ सय ९०मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजि सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’ वितरण गरिरहेको छ । यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला CUG सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सियुजि सेवा उपयोग गर्न सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस