# भर्खरै
Namaste Icon
Ad

टिकटक जस्तै भारतीय एप जोस’

टिकटक जस्तै भारतीय एप जोस’

काठमाडौं । चिनियाँ एप टिकटकको नक्कल गरेर निमार्ण गरिएको भारतीय एप ‘जोस’ मा गुगल र माइक्रोसफ्टले लगानी गरेका छन् । भारतमा टिकटक माथि सरकारले लगाएको प्रतिबन्ध सँगै उदाएको ‘जोस’ ले अल्फाबेट इंकको गुगल र माइक्रोसफ्ट सहित लगानीकर्ताहरूबाट १०० मिलियन डलर भन्दा बढी संकलन गरेको उल्लेख गरिएको छ ।

भिडियो शेयरिङ्ग प्लेटफर्म जोस भारतमा टिकटक प्रतिबन्ध पश्चात धेरै रुचाइएको एपमा रहेको छ । छोटा समयमा भारतमा लोकप्रिय बनेको उक्त एपको मुख्य मुख्य कम्पनी भर्स इनोभेसनको मुल्यांकन हाल १ अर्ब डलरभन्दा बढी गरिएको छ ।

जसमा अल्फावेभ, सोफिना गु्रप, लुपा सिस्टम लगाएतको लगानी रहेको उल्लेख छ । गुगल तथा माइक्रोसफ्टबाट संकलन गरिएको उक्त लगानी भर्स इनोभेसनले जोसको बजार विस्तारमा लगानी गर्ने जनाएको छ ।

कम्पनीका अनुसार हाल जोसका मासिक प्रयोगकर्ता ७ करोड ७० लाख र ३ करोड ६० लाख दैनिक प्रयोगकर्ता रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए अलिबाबाका संस्थापक ज्याक मा

काठमाडौं । चिनियाँ अर्बपति तथ ईकमर्स जायन्ट अलिबाबाका संस्थापक ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । विगत तीन महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी चलिरहेको बेला बुधबार उनी एउटा भिडिओ कन्फ्रेन्समा देखिएका हुन् ।

नागरिक एपमार्फत सेवा लिन आफ्नै नामको सिमकार्ड प्रयोग गर्नुपर्ने,  टेलिकमले गर्यो यस्तो अनुरोध

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएता पनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको छ । कम्पनीका ग्राहकहरुले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन निक्र्यौल गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस