# भर्खरै
Namaste Icon
Ad

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’

काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजि सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजि सेवा’ वितरण गरिरहेको छ । यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला CUG सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सियुजि सेवा उपयोग गर्न सक्नुहुनेछ ।

यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (सियुजि)मा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट https://learning.cehrd.edu.np मा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराइनेछ ।

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ । विद्यालयले ‘पाठशाला सियुजि सिम’ मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला सियुजि सेवाको जानकारी उपलब्ध हुन्छ ।

आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधान बमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ । यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करवाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सियुजि सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको सिफारिश आवश्यक पर्नेछैन । पाठशाला सियुजि अफरको अवधि समाप्ति पश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने छ । 

Ad

सम्बन्धित समाचारहरु

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए अलिबाबाका संस्थापक ज्याक मा

काठमाडौं । चिनियाँ अर्बपति तथ ईकमर्स जायन्ट अलिबाबाका संस्थापक ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । विगत तीन महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी चलिरहेको बेला बुधबार उनी एउटा भिडिओ कन्फ्रेन्समा देखिएका हुन् ।

नागरिक एपमार्फत सेवा लिन आफ्नै नामको सिमकार्ड प्रयोग गर्नुपर्ने,  टेलिकमले गर्यो यस्तो अनुरोध

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएता पनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको छ । कम्पनीका ग्राहकहरुले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन निक्र्यौल गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस