# भर्खरै
Namaste Icon
Ad
Ad

गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीे

गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीे

एजेन्सी । विश्वमा चर्चित धेरै मान्छेले प्रयोग गरेका वस्तु उनीहरूको शेषपछि मूल्यवान हुने गरेका छन् । जब मान्छेको अन्त्य हुन्छ त्यसपछि उनीहरूले प्रयोग गरेका घडी, चश्माजस्ता निजी वस्तु मूल्यवान हुन्छन र तीनको लिलामीसमेत गरिन्छ । यस्तै मध्ये एक हो भारतीय नेता महात्मा गान्धीले प्रयोग गरेको घडी हालै लिलामी हुनु, त्यो पनि निकै महँगोमा ।  कुनै समय महात्मा गान्धीले लगाएको र बिग्रिएको घडी १२ हजार पाउन्ड (झण्डै १८ लाख रुपैयाँ)मा बिक्री भएको छ । चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा उनको समर्पणका लागि धन्यवाद स्वरूप दिएका थिए ।


लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए । स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी संकलक हुन् । सो घडीको मूल्य उनले सोचेको भन्दा बढी पाएका छन् ।  यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो । स्टोले विगतका केही महिना रफ्तारपूर्ण भएको र घडीको बिक्री अर्को राम्रो परिणाम भएको बताएका छन् ।


‘गत अगस्टमा चस्मा आश्चर्यजनक मूल्यमा बिक्रीपछि गान्धीका अन्य सामग्रीहरू बिक्रीका अनुरोधहरू आएका छन्,’ उनले भने, ‘ती सामग्रीहरूमा सिक्का र तस्बिरहरू थिए । अनि उनको यो घडी आइपुग्यो र हामीलाई लाग्यो ‘क्या गज्जब’ भयो ।’ उनका अनुसार समय बित्दै जाँदा गान्धीले प्रयोग गरेका समानको मूल्य अझै बढदै गएको छ । उनले प्रयोग गरेको सामानमा मान्छेको आकर्षण बढ्नु भनेको उनीप्रतिको श्रद्धा र सम्मान पनि हो ।

गान्धीले प्रयोग गरेका उक्त घडी कुनै बेला उनका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो । सन् १९३६ मा, उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए । त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए । र, त्यसको स्वामित्व क्रमशः हस्तान्तरण हुँदै उनका नातिकहाँ आइपुग्यो । ‘यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्व थपिएको छ,’ स्टोले भनेका छन्, ‘यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ ।’ (बिबिसी)

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस