# भर्खरै
Namaste Icon
Ad

वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत : यजुर्वेद पाठ विधि सार्वजनिक

वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत : यजुर्वेद पाठ विधि सार्वजनिक

काठमाडौं । ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ । नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत रहेको उक्त पुस्तकलाई गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । वेदपाठको नियमसहित राखिएको यो पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गरेका हुन् । वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’ को आधुनिक किसिमको छ । रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ । युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लागेका स्वामी केशवानन्द गिरीले नै विकास गरेका हुन् । यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ ।


पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ । वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ । वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ । वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ । आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य ८०० तोकिएको छ । स्वामी केशवानन्द गिरीले आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्न्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको बताए । वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ । पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत रहेको सुनाए ।

श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो । गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ । आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उनले जानकारी दिए । युट्युबमा भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा शुद्धरूपमा सारस्वर र उच्चारण विधिसहित वेद पाठ सिक्न चाहनेका लागि पनि उपयोगी हुनेछ । स्वामी केशवानन्दले चार÷पाँच जनाको समूहमा यो काम गर्न लागिएको बताए । उनले भने, ‘यसले गुरुकुलमा वेद पढिरहेका विद्यार्थी र पढाउने गुरुलाई समेत स्रोत सामग्रीको काम गर्नेछ ।’ पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्न लागिपरेका उनले संस्कृत सिक्न चाहनेका लागि संस्कृत भाषामै कार्टुनसमेत बनाउन थालेको बताए । दुई भाग कार्टुन तयार भई सामाजिक सञ्जालमार्फत प्रतिक्रियाका लागि सार्वजनिकसमेत गरिसकिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

रबि लामिछाने तयार पारेको मुख्य रिपोर्ट जुन  न्युज२४ ले प्रसारण नै गरेन (हेर्नुहोस भिडियो)

भिडियो रिर्पोट प्रसारण नगरिएपछि रवि लामिछानेले उक्त भिडियो फेसवुक मार्फत सार्वजनिक गरेका छ । उनले लेखेका छन ।

माझी बस्तीमा सेनाकाे राहतसँगै स्वास्थ्य शिविर

माझी बस्तीमा सेनाकाे राहतसँगै स्वास्थ्य शिविर

चौतारा । सैनिक श्रीमती सङ्घले सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका झ्याडी र इन्द्रावती गाउँपालिकास्थित एकीकृत माझी बस्तीमा राहत वितरण गरेको छ ।सङ्घले माझी १२८ घरपरिवारलाई मण्डी र प्रेसरकुकर तथा झमलादेवी आधारभूत विद्यालयलाई टेबल कुर्सी उपलब्ध गराएको थियो । गोरखबक्स गणको तर्फबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस