# भर्खरै
Namaste Icon
Ad

१८ वर्षीय युवकको पेटमा ४ महिनाको बच्चा

१८ वर्षीय युवकको पेटमा ४ महिनाको बच्चा

काठमाडौं । अमेरिकामा  एउटा अनौठो मामिला सार्वजनिक भएको छ । एकजना १८ वर्षीय अमेरिकी युवक गर्भवती भएका छन् । अहिले उनको कोखमा ४ महिनाको भ्रूण हुर्किरहेको छ । ती युवकको गर्भ रहेको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल बनिरहेको छ । उनको नाम मिकी च्यानेल हो । उनी अमेरिकाको बोस्टन सहरमा बस्छन् । उनी पुरुष हुन् तर उनको शरीरमा प्रजनन प्रणालीचाहिँ महिलाको छ । सोही कारण उनले गर्भाधारण गरेका हुन् । मिकीको जन्म पुरुषकै रुपमा भएको थियो । उनकी आमाको गर्भको जाँच गर्दा गर्भमा छोरी रहेको डाक्टरहरुले बताएका थिए । तर जब छोराको रुपमा मिकी जन्मिए, डाक्टरसमेत अचम्ममा परे । उनको शरीरमा पुरुषकै यौनांग थिए । तर उनको शरीरभित्र चाहिँ महिलाको जस्तै पाठेघर, अण्डासय लगायतका अंग रहेछन् । यसलाई चिकित्सा भाषामा ‘पर्सिस्टेन्ट एमलेरिएन डक्ट सिन्ड्रोम’ अर्थात् पिएमडिएस भनिन्छ ।

केटाको रुपमा जन्मिए पनि बाल्यकालदेखि नै उनको आनीबानी केटीको जस्तो हुन थाल्यो । आफ्नो जिउडाल, मनोकांक्षा तथा आनीबानीहरु केटीको जस्तो हुँदा उनले आफ्ना साथीसँगी तथा समाजसामु लज्जित महसुस गरेका थिए । तर उनलाई उनको परिवारले पूरा साथ दियो ।

मिकीको सानैदेखिको सपना थियो बच्चा जन्माउने । जुन अहिले सार्थक हुँदैछ । त्यसैले उनी निकै खुसी छन् । परीक्षणका क्रममा उनको पेटभित्र पाठेघर तथा अण्डासय लगायतका परिपक्व महिला प्रजनन अंग रहेको पत्ता लागेसँगै उनीमा सन्तान प्राप्तिको अभिलाषा जाग्यो । बाहिर पुरुष यौनांग भए पनि उनमा यौनिक रुपमा सक्रिय पुरुषको लक्षण थिएन अर्थात् उनी बाँझो थिए । तर शरीरभित्रको महिला प्रजनन प्रणालीका कारण उनी गर्भाधानका लागि सक्षम रहेको ठहर गरियो ।

डाक्टरहरुले अस्पतालमा निरन्तरको प्रजनन उपचार तथा कृत्रिम गर्भाधान पश्चात् उनको पाठेघरमा भ्रूण प्रत्यारोपण गरिएको हो । उनको योनी नभएको हुनाले पेटमा शल्यक्रिया गरेर पाठेघरभित्र भ्रूण हालियो । गर्भ ९ महिना पुगेपछि त्यसैगरी शल्यक्रिया गरेर बच्चा बाहिर निकालिनेछ । बच्चा जन्माउने आफ्नो निर्णयबाट आफ्नी आमा तथा परिवार खुसी रहेको उनी बताउँछन् । उनी आफ्नो बच्चाको जन्मको व्यग्र प्रतिक्षामा छन् । –एजेन्सी

Ad

सम्बन्धित समाचारहरु

रबि लामिछाने तयार पारेको मुख्य रिपोर्ट जुन  न्युज२४ ले प्रसारण नै गरेन (हेर्नुहोस भिडियो)

भिडियो रिर्पोट प्रसारण नगरिएपछि रवि लामिछानेले उक्त भिडियो फेसवुक मार्फत सार्वजनिक गरेका छ । उनले लेखेका छन ।

माझी बस्तीमा सेनाकाे राहतसँगै स्वास्थ्य शिविर

माझी बस्तीमा सेनाकाे राहतसँगै स्वास्थ्य शिविर

चौतारा । सैनिक श्रीमती सङ्घले सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका झ्याडी र इन्द्रावती गाउँपालिकास्थित एकीकृत माझी बस्तीमा राहत वितरण गरेको छ ।सङ्घले माझी १२८ घरपरिवारलाई मण्डी र प्रेसरकुकर तथा झमलादेवी आधारभूत विद्यालयलाई टेबल कुर्सी उपलब्ध गराएको थियो । गोरखबक्स गणको तर्फबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस