Namaste Icon
Ad

बदली,वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको पूर्वानुमान

बदली,वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको पूर्वानुमान

काठमाडौं । देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

माघ १८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Ad

सम्बन्धित समाचारहरु

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

काठमाडौं । विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्कोले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ । यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

एजेन्सी । यौन कर्मलाई अपराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग होस् भन्ने हेतुले एक क्रिमिनल डिफेन्स वकिलले आफैंले पनि पार्टटाइम यौनधन्दा गर्ने खुलासा गरेकी छन् । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad