Namaste Icon
Ad
Ad

२० वर्षका युवकसँग ६० वर्षकी महिलाले बिबाह गरेपछि....

२० वर्षका युवकसँग ६० वर्षकी महिलाले बिबाह गरेपछि....

एजेन्सी । हाम्रो समाजमा बिहेको विषयमा सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । केटीको भन्दा केटाको उमेर निकै नै बढी भए पनि त्यसलाई पनि स्विकारिन्छ । तर केटाको भन्दा केटीको उमेर बढी छ भने चाँही हत्तपत्त स्वीकार्न गाह्रो हुन्छ । तथापी भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेपछि सबै चकित परेका छन् ।

भारतीय दैनिक अमर उजालाका अनुसार रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

Ad

सम्बन्धित समाचारहरु

फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको पोस्ट

फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको पोस्ट

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोना भाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

लेबनानमा शक्तिशाली बम विष्फोट, ७८ जनाको मृत्यु, हजारौँ  घाइते

एजेन्सी । लेबनानमा शक्तिशाली बम विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ, भने हजारौँ मानिस घाइते भएका छन् । लेबनानस्थित एक गोदाममा विष्फोट भइ ७८ जनाको मृत्यु भएको विभिन्न समाचारमा जनाइएको छ । उक्त बम विष्फोटमा परि चार हजारभन्दा बढी मानिस घाइते भएको बताइएको छ । राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको समाचारमा उल्लेख छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad