Namaste Icon
Ad
Ad

तीनदिने शैक्षिक शैक्षिक प्रदर्शनी सुरु

तीनदिने शैक्षिक शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी गरिएको हो । वार्षिकोत्सवकै अवसरमा भएको प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक समारोहबीच गरे ।


प्रदर्शनीमा कलेजमा प्लस टुदेखि माष्टर्ससम्मका विद्यार्थीका स्टलहरु राखिएका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा संकायमा कक्षा ११ देखि स्नातकोतर तहसम्मका विद्यार्थीले बनाएका विभिन्न प्रदर्शनी गरिएका हुन् ।  कलेजका प्राचार्य रुपक जोशीले करिव १० हजार विद्यार्थीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखे । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिव आठ हजारले अवलोकन गरेको उनले स्मरण गरे । प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर अनि भक्तपुरलगायत उपत्यकाबाहिरका बनेपा, पनौती, धुलिखेललगायतका स्कुल कलेजहरुबाट पनि अवलोकनकर्ता विद्यार्थी आउने उनले जनाए । अवलोकन प्रवेश निःशुल्क गरिएको छ ।


कलेजको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी पनि पुरस्कृत भएका थिए । कलेजमा प्लस टूदेखि माष्टर्सँसम्मका पाँंच वटै संकायका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । साथै वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका उत्कृष्ट टिमहरु पुरस्कृत भएका थिए ।  यसअघि प्रदर्शनीका लागि कलेजका प्राचार्य जोशीको संयोजकत्वमा एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको थियो । वार्षिकोत्सव मुल उपसमिति, प्रचारप्रसार, वुलेटिन प्रकाशन, मञ्च तथा टेण्ड व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापनलगायतका २१ वटा उपसमितिहरु गठन गरिएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

त्रिविका स्थगित परीक्षा दशैंअघि हुने सम्भावना न्यून

त्रिविका स्थगित परीक्षा दशैंअघि हुने सम्भावना न्यून

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्र समेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औंल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्व निर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad