Namaste Icon
Ad

ट्रम्पले पाए सफाइ

ट्रम्पले पाए सफाइ

बिबिसी । अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्ततः राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्ने गरी उन्मुक्ति पाएका हुन् । शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२–४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३–४७ मत पाएका थिए।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए । आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन् । बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका विषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो ।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो । नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ, ‘राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो । केही नगर्ने डेमोक्र्याटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए ।’ माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्थ्यो । तर संसद्‌को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहिनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिएकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको ज्यान गयो

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको ज्यान गयो

हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ ।

कोरोनाभाईरसले विवाह स्थगित - मुखमा मास्क र सिसा लगाएर चुम्बन

काठमाडौँ । आउँदो शुक्रबारको प्रणय दिवस छ, यतिबेला संसारभर भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। । यतिबेला धेरै प्रेमीप्रेमिका आफ्ना मायालुलाई भेटेर माया साटासाट गरिरहेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad