Namaste Icon
Ad

कोरोना भाइरसबाट ज्यान ५६३ जनाले ज्यान गुमाए

कोरोना भाइरसबाट ज्यान ५६३ जनाले ज्यान गुमाए

एजेन्सी । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।


गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ । बिहीबार एशियाली समूद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।


यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको शुरुमा नै एक हजार शैया भएको अस्पताल बनाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको थियो ।


चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त सङ्गठनले जनाएको छ । चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समूदायले विश्वास व्यक्त गर्दै आएको छ । –सिन्हवा

Ad

सम्बन्धित समाचारहरु

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

कोलम्बो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटनाः तीन जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको कोलम्बियाको वायु सेनाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad