Namaste Icon
Ad

वनमा व्यावसायिक केराखेती, भरपुर आम्दानी

कृष्ण दर्नाल, रासस

वनमा व्यावसायिक केराखेती, भरपुर आम्दानी

पाल्पा । पाल्पका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खोरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् । वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।

वनभित्रको झाडी तथा कुकाठ विस्थापित गरी तीन वर्षदेखि केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । स्थानीय बासिन्दाको अगुवाइमा भिरालो जमिनको झाडी र वनमारा हटाइ सिङ्गो बस्ती केराखेतीमा परिणत भएको हो । व्यावसायिक केराखेतीले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । केराखेती हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् । अनुत्पादक अवस्थाको वन क्षेत्रमा २५ हजार केराका बोट रोपिएको छ ।

स्थानीय बासिन्दाले अनुत्पादनक क्षेत्रमा व्यावसायिकरुपमा केराखेती गरी आर्थिकरुपमा टेवा पुर्याउने उद्देश्य रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए । सत्ताइस हेक्टर जमिन केराखेतीका लागि कबुलियती वन कार्यक्रमअन्तर्गत यहाँका स्थानीय बासिन्दालाई वन क्षेत्र हस्तान्तरण गरिएको छ ।

चालिस वर्षसम्म स्थानीयले केराखेती गरी जीविकोपार्जन गर्ने उद्देश्यसाथ समुदायलाई वन हस्तान्तरण भएको हो । गाडादी कबुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडाले भनिन्, ‘वनबाट दाउरा र घाँस ल्याउने मात्र थाहा थियो, अहिले वनबाट पैसा कमाउन थालेका छौँ । वनभित्र रहेका झाडी तथा वनमारा मासेर केराखेती गरिएपछि आम्दानी हुन थालेको छ । स्थानीय बासिन्दाले स्वदेशमा नै बसेर दुई चार पैसा कमाउनका लागि विदेश जानु पर्दैन ।

नेपाली भूमिमा पसिना बगान मेहनत गरे खेतबारी वनबाट पैसा कमाउन सकिने नमूना बनेको सचिव ठाडाको भनाइ छ । ज्यामिरेस्थित मोलोग्रामको बस्ती वन क्षेत्रसँग जोडिएकाको छ । पच्चीस घरपरिवार वनमा व्यावसायिक केराखेतीमा आबद्ध छन् । वन कार्यालय पाल्पासँग स्थानीय बासिन्दाले कबुलियती वन कार्यक्रम सम्झौता गरी व्यावसायिक केराखेतीमा जुटेका हुन् । चालिस वर्ष स्थानीय बासिन्दाले व्यावसायिक केराखेती गर्नेछन् । वन क्षेत्रको रेखदेख र संरक्षणका लागि दुई कबुलियती वन समूह गठन भएका छन् ।

ती समूहको सहकार्यमा वनमा व्यावसायिक केराखेती हुँदै आएको हो । गाडादी–टोकल्कदी कबुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले २५ घरपरिवारको सहकार्यमा सञ्चालित व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएको बताए ।

यो आवमा रु १० लाख आम्दानी हुने अनुमान छ । कम लगानी र मेहनतमा व्यावसायिक केराखेती हुँदा यहाँका किसानसमेत खुशी छन् । केराखेतीबाट भएको आम्दानी समूहका सदस्यलाई बराबर वितरण हुँदै आएको छ । सामूहिकरुपमा केरा रोपियो, सामूहिकरुपमा नै केरा झारपात हटाउने र पाकेको केरालाई बजार व्यवस्थापन गर्ने काम हुँदै आएको समूहका अध्यक्ष सारुले बताए ।

नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडक क्षेत्रमा केराको खपत आएको छ । नवलपरासीको बर्दघाट क्षेत्रबाट यहाँ उत्पादित केरा ठूलो मात्र छ । हप्तामा दुई तीन ट्रक केरा माग रहे पनि एक ट्रक निकासी हुँदै आएको अध्यक्ष सारुको भनाइ छ । मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ । केराबाट अचार, सब्जी, चिप्स, मःमलगायत विविध परिकार तयार हुन्छ । पाहुनालाई केराका विविध परिकारको स्वाद लिन सकिन्छ । पहाडी जिल्लामा उत्पादित केरा मीठो हुँदा यसको माग तराईका जिल्लामा बढी छ । जिल्ला कृषि विकास कार्यालय र ओकेबाजेको आर्थिक सहयोगमा केराखेती थालिएको हो ।

डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक केराखेती विस्तार गरिएको हो । व्यावसायिकरुपमा केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सफल बनेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले केराको निकासी गर्न समस्या हुँदा वन क्षेत्रदेखि बस्तीसम्म चालू आवको असार मसान्तसम्म मोटरबाटो विस्तार गर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाई फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ ।यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

स्वास्थ्यको लागि निकै फाईदजनक छ सिस्नो सेवन, यस्ता छन फाईदाहरु

नेपालको प्रायः सबै ठाउँमा पाइने सिस्नोको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad