Namaste Icon
Ad

एभरेष्ट प्रिमियर लिगलाई आइसिसीले दियो मान्यता

एभरेष्ट प्रिमियर लिगलाई आइसिसीले दियो मान्यता

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो।

यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन्। नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन्।

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

ताप्लेजुङ । सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् । मंगलबार भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।

दिदीबहिनी कपको उपाधि एपिएफलाई

दिदीबहिनी कपको उपाधि एपिएफलाई

पर्वत । विभागीय डबी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदीबहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad