Namaste Icon
Ad

ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा

ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा

काठमाडौं । ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ ।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो ।


अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ । अख्तियारले विवादित क्षेत्रको जग्गा धितो राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

प्रभु बैंकको प्रभु गुडलक सेभिङ निक्षेप योजना

प्रभु बैंकको प्रभु गुडलक सेभिङ  निक्षेप योजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

ज्येष्ठ नागरिकको सम्मानमा चन्द्रागिरि केवलकार निशुल्क सेवा दिने

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानकालागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने भएको छ । बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad