Namaste Icon
Ad

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

काठमाडौं । अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।


यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।


तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्‍याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

Ad

सम्बन्धित समाचारहरु

के हो राति आकाशमा देखिएको चम्किलो वस्तु ? यसो भन्छ नेपाल एष्ट्रोनोमिकल सोसाइटी

 काठमाडौँ । बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई जेल सजाए

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई  जेल सजाए

ऐजेन्सी । आफ्नै सौतालाई घोडा भनेका कारण लण्डनकी एक महिलालाई दुई वर्षको जेल सजाए भएको छ । पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि ५५ वर्षिया लाहे साहराभेसलाई दुई वर्षको जेल सजाय सुनाइएको हो । उनका पूर्व श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कारमा सामेल हुन दुबई पुगकी उनलाई दुबईको एयरपोर्टबाटै पक्राउ गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad