Namaste Icon
Ad

अबको ३ दिन बदली र वर्षा

अबको ३ दिन बदली र वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी बिहीबार विशेष बुलेटिन जारी गर्दै भोली शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो। बिहीबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रासस

Ad

सम्बन्धित समाचारहरु

१६औं ईन्जिनियर सम्मेलन तथा महिला पुरुष म्याराथन प्रतियोगिता

खगेन्द्र हमाल, काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको १६ औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेपाल युथ स्पोर्ट कमिटी (नेईए) को समन्वयमा ईन्जिनियर सम्मेलन म्याराथन २०७६ महिला पुरुष म्याराथन प्रतियोगिता कार्यक्रम फागुन १७ गते शनिबार (आज) बिहान ७ बजेदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिने उक्त १६औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेईए नेपाल युथ स्पोर्ट कमिटीको समन्वयमा ईन्जिनियर्स सम्मेलन म्याराथन २०७६ प्रतियोगिता हुने कमिटीका अध्यक्ष ईन्जिनियर प्रदीप कुमार खत्रीले जानकारी दिए ।

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad