Namaste Icon
Ad

विच्याटले पायो नेपालमा कारोबार गर्ने अनुमति

विच्याटले पायो नेपालमा कारोबार गर्ने अनुमति

काठमाडौं । अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटले नेपालमा कारोबारको अनुमति पाएको छ। नेपालमा कारोबार गर्नको लागि एनएमबी बैंकले विच्याटलाई एक्वायर गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अब नेपालमा विच्याटको कारोबार एनएमबी बैंकमार्फत् हुनेछ। विच्याट चीनमा सबभन्दा बढी प्रयोग हुने डिजिटल पेमेन्ट सिस्टम हो। नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका प्रमुख रेवती नेपालका अनुसार विच्याटले कारोबारको लागि एक महिना अघिनै अनुमति पाएको थियो। अनुमति पाए पनि कारोबार गरेको सूचना भने अहिलेसम्म नपाएको उनले बताए।

उता एनएमबी बैंकले भने आन्तरिक प्रक्रियाका कारणले कारोबार अहिलेनै सुरू भइनसकेको जनाएको छ। बैंकका उच्च स्रोतका अनुसार चीनमा पछिल्लो भाइरसका कारण यस सम्बन्धित प्रक्रिया तथा छलफल रोकिएको जनाएको छ।

बैंकले विशेषगरी चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर सुविधा दिने बताएको छ। बैंकले पहिलो चरणमा होटल तथा सपिङ मलमा भुक्तानी गर्दा विच्याटको सुविधा दिने जनाएको छ।

योसँगै नेपालमा डिजिटल पेमेन्टको अनुमति पाउने पहिलो कम्पनी पनि बनेको छ। त्यसो त राष्ट्र बैंकले यसअघि नै विभिन्न कम्पनीहरूले नेपालमा डिजिटल पेमेन्ट कारोबार भइरहेको बताइएको थियो। चर्चा भएसँगै राष्ट्र बैंकले सूचना निकालेर कारोबार नगर्न आग्रह गरेपछि कारोबार बन्द भयो। अब भने नेपालमा डिजिटल पेमेन्टको लागि विच्याटले वैधानिक मान्यता पाएको छ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदालिन सक्नेछन् । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

नेपाल टेलिकमको एम्बेसडरमा पूर्व कप्तान पारस खड्का

नेपाल टेलिकमको एम्बेसडरमा  पूर्व कप्तान पारस खड्का

काठमाडौँ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काको संयुक्त हस्ताक्षरपछि खड्का एम्बेसडर चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad