Namaste Icon
Ad
Ad

‘ललिता निवास प्रकरणमा म दोषी छैन’

‘ललिता निवास प्रकरणमा म दोषी छैन’

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । ललिता निवास जग्गा प्रकरण ९बालुवाटार जग्गा प्रकरण० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।


नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ भएको बताउँदै आफ्नो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नभएको पनि बताए ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुने बताए । ललिता निवास प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले यो कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको नभएको र त्यसो भन्न नमिल्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

नियतवश श्रीगोपाल महर्जनको व्यक्तित्व र इमानदारितामाथि प्रश्नचिह्न उठाउन खोजियो!

सन्तोष दाहाल,ललितपुर। मृगौला प्रत्यारोपण प्रकरणमा गलत व्यक्तिलाई नाता प्रमाणित गरिदिएको आरोपमा पक्राउ परेका ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगबाट फ़साईएको भन्दै न्याय र शिघ्र रिहाईका लागि यतिबेला विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जोडतोडका साथ मागहरू उठिरहेका छन्। यसअघि नै ललितपुर महानगरपालिका,यसमा आबद्ध कर्मचारी संघ संगठन तथा जनप्रतिनिधिह्रेउको तर्फबाट महर्जनको रिहाईको माग गर्दै विरोध प्रदर्शन देखि लिएर कलम बन्दसम्मका कार्यक्रमहरु गरिसकिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad