Namaste Icon
Ad

लक्ष्मी मल्ल र प्रमोद खरेलको ‘विद्यानास’ सार्वजनिक (भिडियो सहित)

लक्ष्मी मल्ल र प्रमोद खरेलको ‘विद्यानास’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाज रहेको गीत विद्यानास सार्वजनिक भएको छ। गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।

सार्वजनिक हुनुभन्दा पहिलेदेखि नै चर्चाको शिखरमा रहेको गीतको अडियो एकदम सशक्त छ। अडियोले सुन्ने जोकोहीको मन सजिलै आकर्षित गर्ने गर्छ। सधै सुगम संगीतमा आवाज दिँदै आएका गायक खरेलले एकदम न्याय दिएर पहिलोपटक चर्चित गायिका लक्ष्मी मल्लसँग दोहोरी गीत गाएका छन। गायिका मल्लको पनि गीतमा आवाज एकदम मीठो छ।

अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियो हेर्दा उच्च बजेट निर्माण भएको महशुस हुनेगर्छ।भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह र नायिका बेनिशा हमालको डान्स देख्न सकिन्छ। उनीहरूको डान्सले हेर्ने दर्शकको ध्यान सुरुदेखि अन्तिमसम्म केन्द्रित गर्दछ। भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन। उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ।

“आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ। “विद्यानास”लाई छोटो समयमा नै युटुबको करोड क्लबमा प्रवेश गरेको गीत “लोभी आँखा” निर्माण गरेको टिमले निर्माण गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

गायिका लक्ष्मी पुरी प्रधानको ‘माया विरानी’ सार्वजनिक( भिडियो )

सन्तोष दहाल, काठमाडौँ । केही समय पहिला मात्र बजारमा आएको गीत ‘सिठ्ठी बजाउँछन्’ को सफलता पश्चात गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, सङ्गीत, सङ्गीत संयोजन र एचबीएन किस्मत मिक्सिङ रहेको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको हो ।

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

काठमाडौँ । युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक गरेका छन । म्युजिक भिडयो नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad