Namaste Icon
Ad
Ad

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आठसय बढी

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आठसय बढी

काठमाडौँ । वैज्ञानिकहरुले चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउन नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरुले महत्वाकांक्षी, करोडौं डलर अभियानका साथमा नयाँ खोप विकास गर्न लागेका हुन् ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ । चीनको मुख्य भूमिमै ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७ हजार बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ । तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्रान्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् ।

Ad

सम्बन्धित समाचारहरु

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

त्रिविका स्थगित परीक्षा दशैंअघि हुने सम्भावना न्यून

त्रिविका स्थगित परीक्षा दशैंअघि हुने सम्भावना न्यून

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्र समेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औंल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्व निर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad