Namaste Icon
Ad

नेपालले ओमानलाई दियो २ सय ५० रनको चुनौति

नेपालले ओमानलाई दियो २ सय ५० रनको चुनौति

काठमाडौँ । आईसीसी लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ओमानलाई २ सय ५० रनको विशाल लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन जोडे । पूर्व कप्तान पारस खड्काले ३८ रन, बिनोद भण्डारीले ३५ रन बनाउँदा कुशल मल्ल र आरिफ शेखले पनि समान २८ रन जोडे । त्यस्तै सुवास खकुरेलले २२ जोड्दा करण केसीले १० रन बनाए ।

यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ ।

ओमानले केहि बेरपछि जवाफी ब्याटिङ गर्ने छ ।

Ad

सम्बन्धित समाचारहरु

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

ताप्लेजुङ । सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् । मंगलबार भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।

दिदीबहिनी कपको उपाधि एपिएफलाई

दिदीबहिनी कपको उपाधि एपिएफलाई

पर्वत । विभागीय डबी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदीबहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad