Namaste Icon
Ad

टिकटक भाइरल दिया जी.सी संगै ओ.बि रायमाझी र सौगात मिश्रको रोमान्स (भिडियो सहित)

टिकटक भाइरल दिया जी.सी संगै ओ.बि रायमाझी र सौगात मिश्रको रोमान्स (भिडियो सहित)

काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् ।

यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत "तिमि हौ" बोलको रहेको छ । गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाले गरेका छन् ।यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ । दिया संगै नेपाली गीत संगीतको म्युजिक भिडियोमा सबैको प्रिय बन्न सफलओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । उनीहरुको अभिनय समायोजनले पनि यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नु मन मुटुमा सजाउने कुरालाई कुनै शंका राख्न सकिंदैन । किन कि "तिमि हौ" बोलको गीतको म्युजिक भिडियोलाई काहीं कतै कन्चुसाई नगरी निर्माण गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । आफ्ना सम्पूर्ण श्रोता एवं दर्शकहरुमा गीत निर्माण युनिटले जस्ताको त्यस्तै युट्युब कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन अनुरोध गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला

 

Ad

सम्बन्धित समाचारहरु

इन्द्र केसीकाे ‘तिम्रो मनको छानो...’ मा अर्जुन बुढा र दिपु शाही (भिडियो सहित)

काठमाडौं । गायक इन्द्र केसी र गायिका माया बिसीको स्वरमा रहेको गीत ‘तिम्रो मनको छानो....’ ले दर्शक श्रोताको माया पाउदै गएको छ । अर्जुन बुढा नामक युट्युव मार्फत सार्वजनिक भएको उक्त गीतले निकै नै सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा इन्द्र केसीको शब्द तथा पदम विसीको संगीत रहेको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad