Namaste Icon
Ad
Ad

सेतीको खोँचमा अड्किएका युवकको सकुशल उद्दार

सेतीको खोँचमा अड्किएका युवकको सकुशल उद्दार

काठमाडौँ । पोखरास्थित सेती नदीको खोँचमा अड्किएका एक युवकलाई सोमबार नेपाल प्रहरीको उद्दार समूहले सकुशल उध्दार गरेको छ।

पोखरा महानगरपालिका-९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफैँ खोचमा खसेका थिए। खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको, प्रहरीले जनाएको छ।

गुरुङलाई खोचबाट सकुशल उद्दार गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा परीक्षणका लागि स्वाब दिएकामध्ये १७ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि हुनेमा उपमहानगरका कर्मचारी, पत्रकार र स्थानीय समेत छन् । क्वारेन्टाइनमा स्वाब संकलन गरिएको एक सय ५० मध्ये १७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्युठान । प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते भएका छन् । मल्लरानी गाउँपालिका १ दारिमपाटाबाट खलंगा आउदै गरेकोे लु १ ज ४०६५ नंम्वरको जिप मल्लरानी गाउँपालिका १ दारिमपाटा आज अपरान्ह ४ः३५ बजेको समयमा दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad