Namaste Icon
Ad

कोरोनाभाईरसले विवाह स्थगित - मुखमा मास्क र सिसा लगाएर चुम्बन

कोरोनाभाईरसले विवाह स्थगित - मुखमा मास्क र सिसा लगाएर चुम्बन

काठमाडौँ । आउँदो शुक्रबारको प्रणय दिवस छ, यतिबेला संसारभर भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। । यतिबेला धेरै प्रेमीप्रेमिका आफ्ना मायालुलाई भेटेर माया साटासाट गरिरहेका छन्।

तर कोरोनाभाइरसले विश्वभर नै आतंकित बनाएको चीनमा भने परिस्थिति भिन्न छ। कोरोनाभाइरस फैलिएपछि हुवेई प्रान्तमा झन्डै ६ करोड मानिसले एकअर्कालाई बाहिर भेट्न पाएका छैनन्। हुबेईबाहिर बस्ने स्वास्थ्यकर्मीहरू पनि कोरोनाविरूद्ध खटिएका छन्।

सरकारले शहर नै बन्द गरिदिएपछि कतिपय प्रेमी-प्रेमिकाले एक अर्कासँग कयौं दिनदेखि भेटसमेत गर्न पाएका छैनन्। त्यस्तै एक प्रेमी र प्रेमीकाको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। उक्त भिडिओमा प्रेमी र प्रेमिकाले एक अर्कालाई चुम्बन गरेका छन्।

तर दुईका ओठका बीच मास्क र सिसा छन्। ती महिला नर्स हुन् जो परिवारसँग टाढा बसेर कोरोनाभाइरस संक्रमित बिरामीहरुको उपचार गर्दै छन्। ११ दिनपछि उनका प्रेमी उनलाई भेट्न अस्पताल नै पुग्छन्। एक अर्कालाई छुदाँ कोरोना सर्ने डरले केटा अस्पताल बाहिर बसेर कुराकानी गर्छन् भने केटी भित्रै बस्छन्।

उनीहरूले भ्यालेन्टाइन डेको दिन विवाह गर्ने योजना बनाएका थिए। तर कोरोनाका कारण उनीहरूको विवाह स्थगित भएको छ।

Ad

सम्बन्धित समाचारहरु

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

कोलम्बो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटनाः तीन जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको कोलम्बियाको वायु सेनाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad