Namaste Icon
Ad
Ad

स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी डडेल्धुरामा

स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी डडेल्धुरामा

डडेल्धुराः स्थानिय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी डडेल्धुरामा सुरु भएको छ् । अमरगढि नगरपालिकाको आयोजनामा आज देखी स्थानिय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चिता गोष्ठी डडेल्धुरा सदरमुकाममा सुरु भएको हो ।
सिघ्र कुपोषण र मध्यम खाले कुपोषणलाई घटाउने लक्ष्य अनुरुप नगरपालिकाले पोषण सम्बन्धी कार्यक्रमलाई अझ सशक्त बनाई नागरिकहरुको नैसर्गिक बिकास गर्नु पर्ने कुरामा बक्ताहरुले जोड दिएका छन । पोषण अवस्था सुधार भएमात्र आर्थिक अवस्था सुधार हुने भन्दै पोषणको अवस्था सुधार गर्नु पर्ने कार्यक्रममा सहभागिहरुको जोड रहेको छ ।


अमरगढी स्वास्थ्य शाखाका संयोजक गणेश बिष्टले पोषीला खानेकुरा पाएका बच्चाहरुको दिमागको वृद्धि राम्रो र छिटो हुनुका साथै नेपालको अर्थतन्त्रमा नयाँ योजनाहरु सोच्न सक्ने क्षमताको विकास हुने दाबिसमेत गर्नू भयो ।
नेपाल सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी गरिबी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष जोड दिएको पनि बताए । संयोजक बिष्टले नेपाल सरकारले कृषिजन्य खाद्य बस्तुको उत्पादन गर्दा वातावरणमा प्रतिकूल असर पर्न नदिने योजना तय गरेको पनि बताए । नागरिक आर्थिक अबस्था सुधार गर्ने हरेक नागरीकलाई हरेकबार खाना चारको सिद्धान्त लागु हुने पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।


कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका कार्यवाहक नगर प्रमुख संगिता भण्डारीले कार्यक्रम संचालनको लागी वर्षेनी बजेट बिनियोजन गरि बिभिन्न सँघ सस्थाहरु सँग सहकार्य गदै आएपनि अत्यमा प्रतिफलनै नपाउने अबस्था आएको हुदा यो कार्यक्रमले अब भने पुर्णता पाउने बताउनु भयो ।
हजार दिनको अवधि तथा गर्भअबस्थामा सम्पुर्ण जिम्मेवारी महिलाको मात्र नभई पुरुषले पनी साथ दिनु पर्ने बताइन । यो अवस्थामा आमा र बच्चाको स्वास्थ्य तथा पोषणलाई प्राथमिकता राख्ने हात बिशेष गरि पुरुषको हुने उनको धारणा थियो ।


स्थानिय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी पोषणमा सुधार ल्याउन सञ्चालन गर्ने कार्यक्रमहरु निमार्ण गरिने छ । विगतको इतिहास हेर्दा नेपालले सन् १९९० देखि पोषणलाई प्राथमिकता दिन थालेको देखिन्छ । संयुक्त पोषण समर्थन कार्यक्रम नेपालको पोषणमा लक्षित पहिलो कार्यक्रमको हो र त्यही कार्यक्रमलाई नेपालको पोषण क्षेत्रको कोशेढुंगाको रुपमा पनि लिन सकिन्छ । संबिधानमा समेत पोषणयुक्त खानाको ब्यबस्था गर्ने उल्लेख गरिएकोले पनि यस कार्यक्रमलाई केही बर्ष अघि देखि बिशेष महत्वका साथ हेरिदै आएको हो ।

कार्यक्रममा कुपोषण के हो ? कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु, पोषण बारे दिर्घकालिन सोच, लक्ष्य र उद्धेश्यहरु, नगरपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराएका थिए । सुआहाराले प्रवद्धन गरेका मुख्य ब्यवहारहरु, सुआहारा कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धी सुचकहरुको अभिलेख एंवम प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा छलफल गरिएको छ् ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा परीक्षणका लागि स्वाब दिएकामध्ये १७ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि हुनेमा उपमहानगरका कर्मचारी, पत्रकार र स्थानीय समेत छन् । क्वारेन्टाइनमा स्वाब संकलन गरिएको एक सय ५० मध्ये १७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्युठान । प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते भएका छन् । मल्लरानी गाउँपालिका १ दारिमपाटाबाट खलंगा आउदै गरेकोे लु १ ज ४०६५ नंम्वरको जिप मल्लरानी गाउँपालिका १ दारिमपाटा आज अपरान्ह ४ः३५ बजेको समयमा दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad