Namaste Icon
Ad

गृहमन्त्रीका साइँला भाइ नरेशलाई थुनामा राख्न अदालतको आदेश

गृहमन्त्रीका साइँला भाइ नरेशलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ। बिहीबार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थुनामा राख्न आदेश दिएको हो।

थापालाई तत्काल प्राप्त प्रमाणका आधारमा धरौटी माग्ने जिल्ला अदालतको आदेश बेरितको रहेको ठहर उच्च अदालतले गरेको छ। ‘अन्य प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु भएको आदेश भएको सन्दर्भमा निजलाई पनि थुनामै राख्नुपर्नेमा धरौटी माग गर्ने त्यस अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको छ,’ आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम निजलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू।’

थापाविरुद्ध ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा चलाइएकोमा असोज १ गते जिल्ला अदालत काठमाडौंले एक लाख रूपैयाँ धरौटीमा छोडेको थियो। न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ धरौटीमा छाड्न आदेश दिएको थियो। जेल चलानको आदेश भए पनि थापा कहाँ छन् भन्ने विषयमा प्रहरी अनभिज्ञ देखिएको छ। महानगरीय प्रहरी परिसर ललितपुर र ब्युरो दुबैले आदेश भएकोबारे जानकारी नै पाएका छैनन्। हुन पनि थापालाई थुन्ने आदेश भएको चार दिनपछि मात्रै जानकारीमा आएको छ।

Ad

सम्बन्धित समाचारहरु

नेकपाको विवादमा मध्यमार्गी समधान खोजिँदै

नेकपाको विवादमा मध्यमार्गी समधान खोजिँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय देखिएको विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न थालिएको छ । बुधबार दिनभरको तनावपछि बिहीबार एउटै मञ्चमा उपस्थित भएका शीर्ष नेताले नेतृत्वमा केही विषयमा विवाद भइरहने भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै प्रतिक्रिया दिएनन् ।

बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता

बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो ओली र नेता नेपालीबीच बालुवाटारमा भेटवार्ता भएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल सकिएपछि नेता नेपाल बालुवाटार पुगेका थिए। नेकपाका एक नेताका अनुसार पछिल्लो समय ओलीसँग अन्य नेताहरुको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्डको सन्देश लिएर नेता नेपाल बालुवाटार गएका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad