Namaste Icon
Ad

पूर्वसचिव कार्कीका कामदारको अन्डरवेयरमा विर्य र रगत भेटियो

पूर्वसचिव कार्कीका कामदारको अन्डरवेयरमा विर्य र रगत भेटियो

काठमाडौँ । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्यापछि आफैँ पनि आत्महत्या गर्ने कामदार विजय चौधरीको ‘अन्डरवेयर’ मा प्रहरीले रगत र विर्य भेट्टाएको छ।

प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए। त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिँदैन।

१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ। सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ।

११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेकी थिइन्। १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ।

१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य लत्पतिएको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Ad

सम्बन्धित समाचारहरु

१६औं ईन्जिनियर सम्मेलन तथा महिला पुरुष म्याराथन प्रतियोगिता

खगेन्द्र हमाल, काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको १६ औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेपाल युथ स्पोर्ट कमिटी (नेईए) को समन्वयमा ईन्जिनियर सम्मेलन म्याराथन २०७६ महिला पुरुष म्याराथन प्रतियोगिता कार्यक्रम फागुन १७ गते शनिबार (आज) बिहान ७ बजेदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिने उक्त १६औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेईए नेपाल युथ स्पोर्ट कमिटीको समन्वयमा ईन्जिनियर्स सम्मेलन म्याराथन २०७६ प्रतियोगिता हुने कमिटीका अध्यक्ष ईन्जिनियर प्रदीप कुमार खत्रीले जानकारी दिए ।

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad